पात्रो

रेडियो

समाचार खोजी

ऊर्जा मन्त्रालयद्वारा ११५१ हटलाइन परिमार्जन, १० हजारभन्दा बढी जनगुनासोको तत्काल सम्बोधन

साझा अर्थ संवाददाता ४ जेठ २०८३, सोमवार

काठमाडौँ, ०४ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् सेवा सम्बन्धी जनगुनासो सुनुवाइलाई थप प्रभावकारी बनाउन आफ्नो २४ सै घण्टा सञ्चालन हुने हटलाइन नम्बर ११५१ लाई व्यापक रूपमा परिमार्जन गरेको छ। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पदभार ग्रहण गरेसँगै मन्त्रालय र मातहतका निकायहरूले 'गुनासो सुन्ने र तत्काल सम्बोधन गर्ने' शैलीलाई प्राथमिकतामा राखेका हुन्। यसअघि गुनासो दर्ता गर्ने माध्यममा मात्र सीमित रहेको यो हटलाइनलाई अहिले सिधै समस्या समाधान गर्ने संयन्त्रको रूपमा विकास गरिएको छ।

नयाँ व्यवस्था अनुसार फोन, ह्वाट्सएप, इमेल र 'हेलो सरकार' मार्फत प्राप्त हुने उपभोक्ताका गुनासाहरूलाई ढिलाइ नगरी सिधै सम्बन्धित निकाय वा वितरण केन्द्रमा पुर्‍याएर परिणाममुखी बनाउने प्रणाली लागू गरिएको छ। मन्त्रालयका अनुसार गत चैत १५ गतेदेखि हालसम्म हटलाइन र अन्य माध्यमबाट कुल १० हजार ३९२ वटा गुनासाहरू प्राप्त भएका छन्, जसलाई मन्त्रालयको सचिवालयले प्रशासनिक अल्झन बिना सिधै अनुगमन र समन्वय गरी समाधानको प्रक्रिया अघि बढाएको छ।

प्राप्त गुनासाहरूमध्ये अधिकांश विद्युत् आपूर्तिमा अवरोध, ट्रान्सफर्मर बिग्रेको, न्यून भोल्टेज, तार र पोल ढलेको, मिटर जडानमा ढिलाइ तथा विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेशनसँग सम्बन्धित रहेका छन्। मन्त्रालयले गुनासो दर्ता भएर महिनौँ कुर्नुपर्ने पुरानो परिपाटीलाई अन्त्य गर्दै तत्कालै 'फिडब्याक' दिने र प्रत्यक्ष अनुगमन गर्ने प्रणाली सुरु गरेपछि सार्वजनिक सेवा प्रवाहमा नागरिकको भरोसा समेत बढ्दै गएको देखिन्छ।

111 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु