पात्रो

रेडियो

समाचार खोजी

हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

साझा अर्थ संवाददाता २९ वैशाख २०८३, मङ्गलवार

काठमाडाै‌ः हान्टा भाइरसबाट प्रभावित क्रूज जहाज एमभी होन्डियसमा सवार यात्रु र चालक दलका सदस्य बोकेका दुई वटा  उडानहरू मङ्गलबार नेदरल्यान्ड्सको आइन्डहोभेन सन्य एअरपोर्टमा अवतरण गरेको जनाइएको छ ।  

विदेश मन्त्रालयका अनुसार अष्ट्रेलियाली अधिकारीहरूद्वारा सञ्चालित पहिलो उडानमा छ जना यात्रुहरू थिए  भने, दोस्रो, उडानले लक्जरी क्रूज जहाजबाट २२ जना चालक दलका सदस्यहरू ल्याएको जनाइएको छ ।  जसमा एक जना डच नागरिक र अन्य २१ जना  अन्य राष्ट्रका नागरिक थिए ।

पहिलो जहाज लगभग रातीको १२ः३०  मा अवतरण भएको जनाइउको छ भने यस विमानका छ जना यात्रुहरू अष्ट्रेलिया जाने अपेक्षा गरिएको छ । दोस्रो उडान लगभग १५ मिनेट पछि अवतरण भएको जनाइएको छ । 

सार्वजनिक स्वास्थ्य र वातावरणका लागि डच राष्ट्रिय संस्थानले स्वदेश फर्केका सबै यात्रुहरूको पूर्ण मेडिकल स्क्रिनिङ गरिने बताएको छ भने प्रयोगशाला परीक्षणका लागि विमानस्थलमा सबै आगन्तुकबाट नमूना सङ्कलन गरिनेछ ।


तुरुन्तै घर फर्कन नसक्ने अवस्थामा रहेका चालक दलका सदस्य र विदेशी यात्रुहरूका लागि  होटलको व्यवस्था गरिएको एजेन्सीले जनाएको छ ।

यसैबीच, एमभी होन्डियसको डच अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्ति जारी गर्दै  जहाज स्पेनको टेनेरिफ टापुबाट  नेदरल्यान्ड्सको रोटरडाम तर्फको यात्रा गरिरहेको जनाइएको छ । जहाजले यात्रा पूरा गर्न लगभग छ दिन लाग्ने अपेक्षा गरिएको छ भने आइतबारका लागि अस्थायी आगमन निर्धारित गरिएको छ । 

63 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ