पात्रो

रेडियो

समाचार खोजी

कारोबार साढे ५ अर्बमा खुम्चियो, नेप्से ४ अंक घटेर २५७६.७६ को बिन्दुमा बन्द

साझा अर्थ संवाददाता २ असोज २०८१, बुधवार

बुधबार  नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक ४ अंक घटेर २५ सय ७६.७६ को बिन्दुमा बन्द भएको छ । साताको अन्तिम कारोबार दिन  सेयर बजारले ओरालोको दिशा लिँदा १० वटा कम्पनीको सेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ। आज कारोबारमा आएका ३ सय २० कम्पनीमध्ये १ सय ९९ कम्पनीको सेयरमूल्य घटेको हो। बाँकी १ सय २१ कम्पनीको सेयर मूल्य बढेको छ।


बुधबार कुल १ करोड ३९ लाख ५२ हजार १ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यस  सर्वाधिक कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा  जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। कारोबार रकमको आधारमा बुधबार सिएचडिसी हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको कुल २० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। 


यस दिन दुई सेक्टर मात्रै बढे । बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंक बढे । अरु सबै समूहगत सूचक घटेका छन् । विकास बैंक ६, फाइनान्स ८३, होटल तथा पर्यटन ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंक घटे ।

235 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु