चैत २५ काठमाडौः बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बृद्धी भएको छ । नेपाल सुनचाँदी ब्यावसायी संघका अनुसार आजमा सुन प्रतितोला ७ हजार २०० तथा चाँदी तोलामा २०४ रुपैयाँले बृृद्धी भएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार तथा चाँदी ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुनको मूल्य २ लाख ९१ हजार ८०० तथा ४ हजार ८२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।