काठमाडौं, चैत २२ : कालिन्चोक हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन तथा विक्री खुल्ला गरेको छ। कम्पनीले आजबाट सर्वसाधारणकालागि आइपीओ निष्काशन तथा विक्री खुल्ला गरेको हो ।
कपनीले यस अघिनै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले सर्वसाधारण लगानी कर्ताकालागि १०० रुपैयाँ अंकित दरका ६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको ६ लाख ८४ हजार ७५० कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ । आइपीओ निष्काशन । छिटोमा चैत २५ गते तथा ढिलोमा २०८३ बैशाख ६ गत हुने कम्पनीको भनाई रहेको छ।
कम्पनीले ५ मेगावाटको साँगु (सोरुन) खोला जलविद्युत आयोजन सञ्चालन गरिरहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।