पात्रो

रेडियो

समाचार खोजी

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

साझा अर्थ संवाददाता २१ चैत २०८२, शनिवार

काठमाडौँ, २१ चैतः काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो । 

कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका करिब एक हजार ९०० सहकारीमध्ये नियमित रूपमा ७२३ ले मात्रै वार्षिक प्रतिवेदन बुझाउने गरेका छन् । 

कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार महानगरले यसअघि पटकपटक नियमित रूपमा वार्षिक प्रतिवेदन बुझाउनक आग्रह गर्दै आएको छ । लामो समयसम्म पनि विभिन्न बहानामा वार्षिक प्रतिवेदन नबुझाए कानुनी प्रक्रियामा जाने कामपाको तयारी छ ।  

काफ्लेले भन्नुभयो, “कति सहकारी सम्पर्कमा नै आउँदैन, कति कारबाहीमा परेको हुनाले गर्दैनन् सहकारीले कानुनविपरीत ऋण प्रवाह गरेका सहकारीले पनि नियमित रूपमा प्रतिवेदन नबुझाउने अभ्यास छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यसअघि निर्देशन दिइसकेको छ ।” 

उहाँका अनुसार लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खोरेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि खारेजी प्रक्रिया अघि बढाउने भएको छ ।

43 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ