पात्रो

रेडियो

समाचार खोजी

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

साझा अर्थ संवाददाता १२ चैत २०८२, बिहिवार

पाल्हीनन्दन:  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली भएको हो । 

भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बाँकी चार महिनामा १४ प्रतिशत राजस्व सङ्कलन लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहे पनि कार्यालयले प्रयास गरिरहेको बताउनुभयो । चालु आवको साउनमा रु एक करोड ६४ हजार ५९७, भदौमा रु एक करोड ५९ लाख ११ हजार ५४२, असोजमा रु एक करोड ९१ लाख ९५३, कात्तिकमा रु ८७ लाख २५ हजार २९७, पुसमा रु एक करोड २३ लाख ९८ हजार ६३६ र फागुनमा रु एक करोड ३९ लाख ४५ हजार ५८४ राजस्व असुली भएको उहाँले जानकारी दिनुभयो  ।

    यसैगरी मङ्सिर महिनामा रु एक करोड ८३ लाख ३२ हजार ६८३, माघमा रु एक करोड ६९ लाख ३० हजार १४१ अर्थात् लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्