नवलपरासी (बर्दघाट सुस्ता पश्चिम): सुुनवल नगरपालिका वडा नम्बर दुईमाा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । संघीयय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिनुुभयो ।
डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार रु १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो । पाँच वटा चेम्बरमध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ । त्यसमा किसान र व्यापारीले दुुई सय पचास बोरा आलुु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले जानकारी दिनुभयो । शीतभण्डार निर्माणका लागि संघीय सरकारको ६० प्रतिशत अनुदान, स्थानीय सहकारीहरुको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ ।
साझा अर्थ संवाददाता