पात्रो

रेडियो

समाचार खोजी

सोलु हाइड्रोपावरका १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, ‘SOHL’ संकेतमा कारोबार हुने

साझा अर्थ संवाददाता २८ फागुन २०८२, बिहिवार

काठमाडौँ : सोलु हाइड्रोपावर लिमिटेडका कुल १० करोड कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्। यसमा प्रवर्द्धक समूहको सेयर तथा सर्वसाधारणलाई निष्कासन गरिएको आइपिओ सेयरसमेत समावेश छन्।

नेप्सेका अनुसार कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकिएको छ। कम्पनीले नेप्सेसँग कारोबार सम्झौता गरेपछि चैत १, २०८२ देखि दोस्रो बजारमा सेयर कारोबार सुरु हुन सक्नेछ।

कुल १० करोड कित्ता सेयरमध्ये २ करोड कित्ता सेयर सर्वसाधारणका लागि आइपिओमार्फत निष्कासन गरिएको थियो। उक्त आइपिओ प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा पुस २९, २०८२ देखि माघ ४, २०८२ सम्म बिक्री खुला गरिएको थियो।

नेप्सेमा सूचीकृत भएपछि कम्पनीको सेयर ‘SOHL’ संकेतमा दोस्रो बजारमा कारोबार हुने नेप्सेले जनाएको छ।

259 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु