sajhaartha.com ९ पुष २०८१, मङ्गलवार
९ पुष २०८१, मङ्गलवार
24th, December 2024, Tuesday
ताजा खबर

नेप्से लगातार दोहोरो अंकको गिरावट

३१ भदौ २०८१, सोमवार साझा अर्थ संवाददाता
170
Shares


साताको दोस्रो कारोबार दिन सोमबार आज नेपाल स्टक एक्सचेञ्च  नेप्से दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१६ प्रतिशत अर्थात ५७.०३ अंकले घटेर २ हजार ५८०.७६ विन्दुमा सीमित बनेको छ । राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स १.८२ प्रतिशतले घटेर ४६०.११ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।
सोमबार कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर छ।

सोमबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा हिमालयन हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ। यस्तै, गुडवील फाइनान्स र थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले घटेको छ। 


नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज वित्त समूहमा सर्वाधिक ५.६६ प्रतिशतले घट्यो ।  त्यस्तै, बैंकिङ समूह १.५९ प्रतिशत,विकास बैंक २.७२, वित्त ५.६६,होटल २.७९, हाईड्रो २.२८,लगानी २.५३,जीवन बीमा १.९१,उत्पादन तथा प्रशोधन १.७१,लघुवित्त २.४३,म्युचुअल फण्ड १.१७,निर्जीवन बीमा १.९१ र अन्य समूह २.३३ प्रतिशतले घट्यो ।

साझा अर्थ संवाददाता
३१ भदौ २०८१, सोमवार

170

Shares