पात्रो

रेडियो

समाचार खोजी

ब्यावसायीक विद्यतु उत्पादन मिति २ वर्ष थप गर्ने प्राधिकरणको निर्णय

साझा अर्थ संवाददाता ९ फागुन २०८२, शनिवार

काठमाडौंः काबु बाहिरको परिस्थितिले प्रभावित जलविद्युत आयोजनाको ब्यवसायिक विद्युत उत्पादन मितिको म्याद दुई वर्ष थप गर्ने निर्णय गरिएको छ । सोमबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । 
भूकम्प, बाढी, पहिरो, कोरोना महामारीलगायतका विषम परिस्थितिको कारण निर्माण प्रभावित भएका अयोजनाहरुको ब्यवसायिक उत्पादन मितिको म्याद दुई वर्ष थप गर्ने निर्णय भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।  
यो निर्णयले काबु बाहिरको परिस्थितिका कारण निर्माण कार्य प्रभावित भएका आयोजनाहरुलाई राहत मिलेको छ । यो निर्णयका कारण निर्माणधीन करिब ३ हजार मेगावाटको आयोजनालाई राहत पुग्ने बताइएको छ ।

68 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु