पात्रो

रेडियो

समाचार खोजी

अधिक तरलता ब्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ प्रशोचण गर्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता ५ फागुन २०८२, मङ्गलवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ प्रशोचण गर्न लागेको छ । अधिक तरलता ब्यवस्थापन गर्नकालागि बैंकले आज निक्षेप संकलन उपकरणमार्फत सो रकम प्रशोचण गर्न लागेको हो ।

आज दिउँसो ३ बजे बोलकबोल मार्फत सो रुपैया संकलन गरिने नेपाल राष्ट्रबैंकले जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।  ८९ दिने निक्षेप संकलन उपकरणको २०८३ साल जेठ ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

27 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ