पात्रो

रेडियो

समाचार खोजी

सुचिकृत कम्पनीलाई नविकरण शुल्क बुझाउन नेप्सेको आग्रह, नबुझाए १० प्रतिशत जरिवाना लाग्ने

साझा अर्थ संवाददाता ३० भदौ २०८१, आइतवार


 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन सार्वजनिक सुचना जारी गरेको छ । 

नेप्सेले आर्थिक वर्ष २०८१र८२ को धितोपत्रको वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन कम्पनीहरुलाई आग्रह गरेको हो । सुचना अनुसार  ५० करोड रुपैयाँसम्म चुक्तापूँजी रहेको कम्पनीका वार्षिक नविकरण शुल्क लाग्ने ५० हजार रुपैयाँ लाग्ने नेप्सेले जानकारी गराएको छ। त्यसैगरी, ५० करोड रुपैयाँभन्दा बढी चुक्तापूँजीका भएका कम्पनीले नवीकरणबापत १ लाख रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ। 

डिबेञ्चर, म्युचुअल फण्डको चुक्तापूँजी ५० करोडसम्म भएकाले २५ हजार र ५० करोडभन्दा बढी भएकाले ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नु पर्ने नेप्सेले बताएको छ। 

 तोकिएको समय अवधिमा नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने नेप्सेले जनाएको छ ।

262 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्