काठमाडौंः नेपाल टेलिकमले शेयर धनीहरुलाई ३० प्रतिशत लाभांस दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयर धनीहरुलाईसो लाभांस दिने भएको हो ।
हालै बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको ३० प्रतशितका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको नेपाल टेलिकम जनाएको छ । लाभांस पारित लगायतका निर्णय गने प्रयोजनकालागि पुस २८ गते काठमाडौंमा साधारण सभा डाकिएको छ। नियमन निकायबाट स्वीकृती प्राप्त भई साधारण सभाबाट निर्यय पश्चात शेयर धनीहरुले लाभांस प्राप्त गर्ने छन् ।