पात्रो

रेडियो

समाचार खोजी

माछापुच्छ्रे क्यापिटलले ‘माछापुच्छ्रे SIP योजना’ खुला–अवधि म्युचुअल फन्ड जारी गर्न प्रस्ताव पत्र सार्वजनिक

साझा अर्थ संवाददाता १ मंसिर २०८२, सोमवार
समाचार सारांश

‘माछापुच्छ्रे SIP योजना’ मंसिर १४ देखि १७ गतेसम्म निष्कासनमा रहनेछ। नबिक्री भए मंसिर २८ सम्म अवधि थपिनेछ। कुल ५ करोड इकाईमध्ये व्यवस्थापक, प्रायोजक र सर्वसाधारणका लागि छुट्याइएका इकाईअनुसार आवेदन दिन मिल्नेछ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ‘माछापुच्छ्रे SIP योजना’ खुला–अवधि म्युचुअल फन्ड निष्कासनका लागि प्रस्ताव पत्र सार्वजनिक गरेको छ। योजना मंसिर १४ देखि १७ गतेसम्म आवेदनका लागि खुला रहनेछ। आवश्यकता परे निष्कासन अवधि मंसिर २८ गतेसम्म बढाइने व्यवस्था रहेको क्यापिटलले जनाएको छ।

फन्डका कुल ५ करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् ७० लाख इकाई रु. ७ करोड बराबरका इकाई योजना व्यवस्थापक माछापुच्छ्रे बैंक लिमिटेडका लागि छुट्याइएको छ। यस्तै, १ प्रतिशत अर्थात् ५ लाख इकाई रु. ५० लाख बराबरका इकाई फन्ड प्रायोजक माछापुच्छ्रे क्यापिटलकै लागि विनियोजन गरिएको छ।

बाँकी ४ करोड २५ लाख इकाई करिब रु. ४२.५ करोड बराबरका इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका नाममा निष्कासन गरिनेछ।

खुला–अवधि भएकाले लगानीकर्ताले योजना प्रारम्भ भएपछिसमेत आवश्यकताअनुसार फन्डमा प्रवेश वा निर्गमन गर्न सक्ने सुविधा पाउनेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था छ।

238 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ