काठमाडौं । बुढानिलकण्ठ हेरिटेजद्वारा प्रवर्दित लेमन ट्री होटल प्रिमियरको सातौँ वार्षिक साधारणसभाले अम्बिका पौडेललाई अध्यक्षमा चयन गरेको छ।
सभाले शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सिर्जना केसीलाई सञ्चालक पदमा निर्वाचित गरेको छ। नयाँ नेतृत्वबाट होटलको सेवा विस्तार तथा व्यवस्थापन प्रणाली सुदृढीकरणमा थप गति आउने अपेक्षा व्यक्त गरिएको छ।
सभाले कम्पनीका सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको छ। साथै सर्वसाधारणका लागि २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन ल्याउने प्रस्ताव पनि सर्वसम्मत अनुमोदन गरिएको छ।
बढ्दो पर्यटकीय महत्त्वका बीच लेमन ट्री होटलले बुढानिलकण्ठ क्षेत्रको आकर्षणलाई प्राथमिकतामा राख्दै सेवा स्तर उकास्ने योजना अघि सारेको जनाएको छ।