पात्रो

रेडियो

समाचार खोजी

ब्यक्तिले गलत गर्दा ब्यवस्थामाथि नै चुनौति आएको छ : मुख्य मन्त्री बानीयाँ

नवराज शिवाकोटी २७ कार्तिक २०८२, बिहिवार

दोलखाः बागमती प्रदेशका मुख्य मन्त्री ईन्द्र बानियाँले ब्यक्तिले गलत गर्दा ब्यवस्थामाथि नैं चुनौति आएको बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री बानियाँले उक्त कुरा बताउनु भएको हो । 
भीमेश्वर नगरपालिकाद्वारा आयोजित दुई दिने स्थानीय सरकार असल अभ्यास आदान प्रदान राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै मुख्य मन्त्री बानियाँले जनताको पक्षमा अनि न्यायको पक्षमा काम हुन नसक्दा देशमा अहिलेको विषम परिस्थिति आएको बताउनु भयो । निर्णय र काम सँगै नहुँदा जनातामा निराशा आउने तर्फ सचेत भइ जनप्रतिनिधिहरुले काम गर्नु पर्ने उहाँको सुझाव थियो । 
गरिबले पनि देश अनुभव गर्न पाउने गरी वर्तमान बागमति प्रदेस सरकारले काम गरिरहेको दावी गर्दै मुख्य मन्त्री  बानियाँले गणतन्त्र नेतालाई धनी बनाउन नभई जनातालाई धनी बनाउने ब्यवस्था भएको बताउनु भयो । अहिलेको अवस्थामा स्वार्थ समूहहरु  विभिन्न  उद्देश्यका साथ लागिरहे पनि नराम्रो काम गर्नेलाई बदल्ने अधिकार  जनतामा रहेको उहाँको भनाई रहेको थियो । 
सोही कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सामाजिक सञ्जाल बन्द तथा प्रधान मन्त्रीका अभिब्यक्तिका कारण अहिलेको अवस्था आएको बताउनु भयो । भाद्र २३ गते राष्ट्रिय सभाएको एक समितिको बैठकमा आफूले रमेश लेखकलाई सामाजिक सञ्जाल बन्द तत्काल फूकुवा गर्न आग्रह गरेपछि राष्ट्रियताको हवाला दिँदै उहाँले त्यप्रति बेवास्ता गरेको रिजालको भनाई थियो । 
बागमती प्रदेश वन तथा वातावरण मन्त्री भरत बहादुर केसीले भाद्रमा भएका जेनजी आन्दोलनका नाममा अराजक भिडले मूलुकलाई असफल बनाउन खोजेपनि  अहिले खरानी माथि टेकेर समृद्ध नेपाल बनाउन लाग्नु पर्ने अवस्था रहेको बताउनु भयो । मन्त्री केसीले बर्तमान वन ऐन संरक्षण मुखि मात्र भएकोले यसमा समय सापेक्ष परिवर्तन गरी वनलाई आय आर्जनको मध्यम समेत बनाउन आफूले वन ऐन शंशोधन गर्न आवश्यक प्रकृया सुरु गरेको जानकारी दिनुभयो । 
सोही कार्यक्रम लाई सम्बोधन गर्दै  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरुङले कार्य सम्पादन मूल्याङ्कनमा कमजोर देखिएका अधिकाँस स्थानीय तहहरुमा जनप्रतिनिधि तथा कर्मचारी विचमा समन्वय नभएको आफूले पाएको बताउनु भयो । जनप्रतिनिधि तथा कर्मचारी विचमा समन्वय गरी काम गर्न उहाँले जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । 
कार्यशालाको उद्घाटन शत्रको अध्यक्षता गर्नु भएका भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नरायण मानन्धरले भीमेश्वर नगरपालिका पर्यटन, कृषि तथा पशुपालनको विकासमा लागिरहेको बताउनु भयो । जनसंख्याको आधारमा मात्रै वित्त आयोगले अनुदान उपलब्ध नगराई भौगोलिक अवस्थालाई समेत ख्याल गर्नु पर्ने सुझाव दिनुभयो । प्रदेशबाट रातो कितावमा बजेट आउने तर पत्र ठाउँदा अर्कै ब्यहोराको आउने भएको तर्फ उहाँले मुख्य मन्त्रीको ध्याना कर्षण गराउनु भयो । 
भीमेश्वर नगरपालिकाद्वारा आयोजित दुई दिने स्थानीय सरकार असल अभ्यास आदान प्रदान राष्ट्रिय कार्यशालामा कोशी प्रदेशबाट दमक नगरपालिका, मधेश प्रदेशबाट मिथिला नगरपालिका, गण्डकी प्रदेश बाट वालिङ तथा गल्याङ नगरपालिका, लुम्बिनीबाट तानशेन नरपालिका, कर्णाली प्रदेशबाट वीरेन्द्रनगर नगरपालिका, तथा सुदुर पश्चिम प्रदेशबाट टीकापुर नगरपालिका र भजनी नगरपालिकाको सहभागिता रहेको छ । यसैगरी कार्यशालामा विकास साझेदार संस्थाहरु युएनडिपी, एसडिसी, एडिबी, द एसिया फाउन्डेशन लगायतको  प्रतिनिधित्व रहेको छ । 
कार्यक्रममा दोलखाबाट जिल्ला समन्वय समिति दोलखा तथा दोलखाका स्थानीयतहहरुको प्रतिनिधित्व रहेको छ । 
शुक्रवार सम्म सञ्चाल हुने कार्यशालामा सहभागि स्थानीय तहहरुले आफूले  सञ्चालन गरेका असल अभ्यासहरुको प्रस्तुतीकरण गर्नु हुने बताइएको छ ।

469 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

नवराज शिवाकोटी

उहाँले साझा अर्थको विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ।