पात्रो

रेडियो

समाचार खोजी

मौद्रिक तथा वित्तीय सहयोग सुदृढ गर्न जेटीसीसी प्रभावकारी : गर्भनर पौडेल

साझा अर्थ संवाददाता १८ कार्तिक २०८२, मङ्गलवार

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र तिनलाई प्राविधिक रूपमा समाधान गर्न नेपाल–भारत संयुक्त समन्वय संयन्त्र (जेटीसीसी) प्रभावकारी भएको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैङ्क र भारतीय रिजर्व बैङ्क (आरबीआई) को साझा समन्वय संयन्त्रको सोमबार काठमाडौंमा सम्पन्न नवौँ बैठकको उद्घाटन गर्दै गभर्नर पौडेलले मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणालीका उत्कृष्ट अभ्यासको आदानप्रदान, प्राविधिक क्षमता अभिबृद्धि र नीति तर्जुमाको प्रभावकारिताको सन्दर्भमा ‘जेटीसीसी’ महŒवपूर्ण मञ्चको रूपमा स्थापित भएको स्पष्ट पार्नुभयो ।
आगामी दिनमा उक्त मञ्चमार्पmत दुई केन्द्रीय बैङ्कबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोगको आदानप्रदान थप सघन बन्दै जाने विश्वास समेत गभर्नर पौडेलले व्यक्त गर्नुभयो ।
कार्यक्रममा भारतीय रिजर्व बैङ्कका कार्यकारी निर्देशक एवम् ‘जेटीसीसी’ संयोजक अर्णबकुमार चौधरीले उक्त संयन्त्र स्थापना भएयता मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार र भुक्तानी कारोबारको सहजीकरण, वित्तीय समावेशीकरणको प्रवद्र्धनका सन्दर्भमा फलदायी अभ्यासहरू कार्यान्वयनमा आएको बताउनुभयो । ‘जेटीसीसी’मार्पmत दुई केन्द्रीय बैङ्कको पारस्परिक सहकार्य र समन्वय आगामी दिनमा थप सबल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
बैठकमा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक एवम् राष्ट्र बैङ्कका तर्पmबाट ‘जेटीसीसी’ संयोजक राजनविक्रम थापाले स्वागत मन्तव्य राख्दै दुईपक्षीय हित प्रवद्र्धनका निम्ति उक्त संयन्त्रलाई आगामी दिनमा सार्थक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बैठकको दोस्रो सत्रमा दुबै केन्द्रीय बैङ्कका ‘जेटीसीसी’सम्बद्ध अधिकारीहरूबीच द्विपक्षीय सरोकारका विभिन्न एजेण्डामा छलफल भएको थियो । सो अवसरमा नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबारको सहजीकरण र अन्य समसामयिक विषयमा छलफल भएको थियो ।
यसैगरी, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापनलगायतका विषयमा आरबीआईले गरेका असल नीतिगत अभ्यासलाई अवलम्बन गर्न सकिने सम्भावनाबारे छलफल भएको थियो ।
कार्यक्रममा ‘जेटीसीसी’को आठौँ बैठकमा छलफल भएका एजेण्डाको कार्यान्वयनको स्थितिबारे समीक्षा गरिएको थियो । बैठकमा राष्ट्र बैङ्कका तर्पmबाट डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू रेवतीप्रसाद नेपाल, विश्रुत थापा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. रामशरण खरेल, डा. डिल्लीराम पोख्रेल, निश्चल अधिकारीलगायतको सहभागिता थियो ।
यस्तै आरबीआईका तर्पmबाट कार्यकारी निर्देशक चौधरीसँगै महाप्रबन्धकद्वय लथा राधाकृष्णन र सास्वतकुमार महापात्र र प्रबन्धक अपर्णा वकिलको सहभागिता थियो ।
बैठकपश्चात कार्यकारी निर्देशक चौधरी र महाप्रबन्धक महापात्रले क्रमशः भारतीय अर्थतन्त्रको समष्टिगत स्थिति र भारतमा भुक्तानी प्रणालीको विकासक्रमका विषयमा प्रस्तुति दिनुभएको थियो ।
बैङ्किङ तथा वित्तीय प्रणालीका द्विपक्षीय सरोकारका विषयमा सहकार्य र समन्वय गर्ने तथा विभिन्न विषयमा रहेका समस्यालाई सुल्झाउनका निम्ति यस्तो समन्वयात्मक संयन्त्र तयार गर्ने क्रममा सन २०१६ मे १३ मा नेपाल–भारत संयुक्त समन्वय संयन्त्र (जेटीसीसी) को गठन भएको थियो ।

137 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ