काठमाडौं । देशभर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या छ करोड चार लाखभन्दा बढी पुगेको छ भने कर्जा खाता करिब २० लाख नजिक पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो दुई महिनासम्म समिक्षा अवधिमा छ करोड चार लाख ५३ हजार ५९३ रहेको छ । सोही अवधिमा कर्जा खाता संख्या १९ लाख ९३ हजार २३४ रहेको छ ।
यस्तो निक्षेप खाता वाणिज्य बैङ्कहरुमा पाँच करोड १८ लाख ५६ हजार २५२ रहेको छ भने विकास बैङ्कहरुमा ७५ लाख ७८ हजार ६० तथा वित्त कम्पनीहरुमा १० लाख १९ हजार २८१ रहेको छ ।
यस्तै कर्जा खाता संख्या पनि वाणिज्य बैङ्कहरुमा १६ लाख ६२ हजार ३४२ रहेको छ भने विकास बैङ्कहरुमा दुई लाख ६७ हजार ३०३ तथा वित्त कम्पनीहरुमा ६३ हजार ५८९ रहेको छ ।
वाणिज्य बैङ्कहरुमा पाँच करोड १८ लाख ५६ हजार २५२ रहेको छ भने विकास बैङ्कहरुमा ७५ लाख ७८ हजार ६० तथा वित्त कम्पनीहरुमा १० लाख १९ हजार २८१ रहेको छ ।
समिक्षा अवधिमा राष्ट्र बैङ्कबाट इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूको सङ्ख्या (लघुवित्त वित्तीय संस्थासमेत) १०७ रहेको छ ।
जसमध्ये २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क सञ्चालनमा रहेका छन् ।
यस्तै बैङ्क तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या २०८२ असार मसान्तमा ११ हजार ५२६ रहेकोमा २०८२ भदौ मसान्तमा ११ हजार ५१२ पुगेको छ ।