पात्रो

रेडियो

समाचार खोजी

राधी विद्युत कम्पनीले ६९.८९ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव

साझा अर्थ संवाददाता ९ कार्तिक २०८२, आइतवार

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले हालको चुक्ता पुँजीको ६९.८९ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले १:०.६९८९ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ८३ करोड रहेको छ। सोही आधारमा ६९.८९ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरिएको हो। यस हकप्रद प्रस्तावलाई विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरिसकेको र अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव पेस गरिएको कम्पनीले जनाएको छ।

85 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ