पात्रो

रेडियो

समाचार खोजी

नेप्से ७८.८३ अंकले घट्यो, ६ अर्ब ७० करोडको कारोबार

साझा अर्थ संवाददाता २६ असोज २०८२, आइतवार

काठमाडौँ : नेप्सेमा आज पहिरो गएको छ । आइतबार नेप्से ७८.८३ अंकले घटेर नेप्से २५०३.३५  विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२४ कम्पनिका एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर घटेको छ ।  

आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनिको सेयर सबैभन्दा बढी ६.०१ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज बुटवल पावरको शेयर मुल्य सबैभन्दा बढी ९.२७ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनिको ३८ करोड ७  लाख र एनएलजी इन्सुरेन्सको ३७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।

 

117 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु