पात्रो

रेडियो

समाचार खोजी

दुई पूर्व मन्त्री विरूद्ध अख्तियारद्वारा मुद्दा दायर

साझा अर्थ संवाददाता २२ असोज २०८२, बुधवार

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धार आयोगले पोखराको लिची बगान जग्गा प्रकरणमा दुइ पूर्व मन्त्री सहित सात जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पूर्व मन्त्रीहरु राजकुमार गुप्ता तथा रञ्जिता श्रेष्ठ सहित सात जना विरुद्ध बुधावार मुद्दा दायर गरिएको हो । 
आरोपीहरु विरुद्ध ७८ लाख विगो माग दावी गरिएको आयोगले जनएको छ । पूर्व मन्त्री गुप्ता नेकपा एमाले बाट तथा रञ्जिता नाउपा बाट मन्त्री बन्नु भएको थियो । लिचि बगानको जग्गा दर्ताकालागि गरिएको घुस डिलको अडियो सार्वजनिक भएपछि यो मुद्दालाई अगाडि बढाइएको थियो ।

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ