काठमाडौं: तेस्रो नेगेटिभ सर्किटपछि बजार स्थगित भएको छ । २३ र २४ गतेको ध्वंसात्मक घटनापछि खुलेको सेयर बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै बिहीबारका लागि कारोबार स्थगित भएको हो।
आज तिनपटकगरी बजार ६ प्रतिशत घट्यो । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेको नेप्से २० मिनेट स्थगित भइ खुलेको थियो । २० मिनेटपछी खुलेको कारोबारमा थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशत घटेपछि ११ : २३ बजे नै दोस्रो सर्किट ब्रेक लागेको थियो । ४० मिनेटपछी खुलेको बजार पुनः १ प्रतिशत घटेपछी आजकालागि कारोबार बन्द गरिएको छ ।