पात्रो

रेडियो

समाचार खोजी

सुशीला कार्कीले लिनुभयो प्रधानमन्त्री पदको शपथ

साझा अर्थ संवाददाता २७ भदौ २०८२, शुक्रवार

काठमाडौंः नवनियुक्त प्रधान मन्त्री सुशीला कार्कीले नेपालको प्रधानमन्त्री पदको शपथ लिनु भएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो । 
आज दिनभर जेन्जी लगायत सँगको वार्तामा सहमती भएपछि राष्ट्रपती पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो । राष्ट्रपति पौडेलले वर्तमान संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधिस, मुख्यसचिव एकनारायण अर्याल, सुरक्षा निकायका प्रमुखहरु, उच्च पदस्थ सरकारी कर्मचारी, जेनजीका प्रतिनिधिहरू, पूर्व प्रधानमन्त्री बाबुराम भट्राई तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्की सरकारले ६ महिना भित्र प्रतिनिधि सभाकाे निर्वाचन गराउने छ ।

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ