काठमाडौं: नेपाल राष्ट्र बैंकले बैङ्किङ प्रणालीबाट आईतवार २५ अर्ब निक्षेप खिच्न लागेको छ । बैकहरूमा तरलता बृद्दी भएपनि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।
बैंकहरूमा अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज को भुक्तानी २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल रकमसम्म हुनेछ ।