पात्रो

रेडियो

समाचार खोजी

मालपोत कार्यालय धुलिखेलका खरिदार दुई लाख घुससहित नियन्त्रणमा

साझा अर्थ संवाददाता १८ भदौ २०८२, बुधवार

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई २ लाख घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियारले काभ्रेको दोलालघाट-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राही २ लाख घुस र मोबाइलसहित मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकको कार्यालय परिसरबाट बुधबार बिहान नियन्त्रणमा लिएको जनाएको छ ।

 

86 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ