पात्रो

रेडियो

समाचार खोजी

४५ औं प्रधान मन्त्रीको रुपमा केपी ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

साझा अर्थ संवाददाता ३० असार २०८१, आइतवार


काठमाडौंः  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज देशको ४५ औं प्रधानमन्त्री नियुक्त हुनु हुने भएको छ । नेपाली काँग्रेस सहितको समर्थनमा ओली राष्ट्रपतिबाट प्रधान मन्त्री पदमा नियुक्त हुन लाग्नु भएको हो ।
प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत गुमाएसँगै राष्टपति रामचन्द्र पौडेलले शुक्र.वार नयाँ सरकार गठनको आह्वान गर्नु भएको थियो । सोही दिन बेलुका नेपाली काँग्रेस सहितको समर्थनमा ओलीले १६६ सांसदको समर्थन सहित राष्टपति समक्ष प्रधानमन्त्रीकोलागि दावी पेश गर्नु भएको थियो । आज बेलुका पाँचबजे सम्म दावी पेश गर्ने समय रहेकोले  पाँच बजे भन्दा पछी ओली प्रधानमन्त्रीमा नियुक्त हुनु हुने बताइएको छ । केपी शर्मा ओली चौथो पटक नेपालको प्रधान्मन्त्री बन्दै हुनु हुन्छ ।

343 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ