पात्रो

रेडियो

समाचार खोजी

डिजल र मट्टीतेलको मुल्य घट्यो

साझा अर्थ संवाददाता १६ भदौ २०८२, सोमवार

काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।

जस अनुसार पेट्रोलको मूल्य यथावत राखिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ ।

त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर ७ डलरले घटाएको छ । पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्ट बिक्रि मुल्य कायम गरेको निगमले जनाएको छ । 

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.२१ रुपैयाँ घटेर आएको र  डिजलमा १.४८ रुपैयाँ घटेर आएको जानकारी दिएको छ । 

मुल्य परिवर्तनपछि काठमाडौँमा डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ भएको निगमले जनाएको छ ।

85 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ