पात्रो

रेडियो

समाचार खोजी

सुनको मुल्य तोलाको दुई लाख नाघ्यो

साझा अर्थ संवाददाता १३ भदौ २०८२, शुक्रवार

काठमाडौं: नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुनको मुल्य तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भएको थियो ।  सुनको मुल्य पहिलो पटक दुई लाख नाधेको हो ।  

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २३५५ मा कारोबार भएको थियो ।

228 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ