काठमाडौंः विहिवार नेपाली बजारमा सुनका मूल्य प्रतितोला ३ सय ले बढेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज नेपाल बजारमा छापावाला सुन प्रतितोला १ लाख ९४ हजार ८ सयमा कारोवार भइरहेको छ । बुधवार सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी दुई हजार २९० करोवार भइरहेको छ । बुधवार चाँदी प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।