पात्रो

रेडियो

समाचार खोजी

६० अर्ब प्रशोचण गर्दै नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता १ भदौ २०८२, आइतवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ प्रशोचण गर्न लागेको छ । बैंकिङ प्रणालीमा रहेको तरलता  ब्यवस्थापन गर्न राष्ट्र बैंकले सो रकम प्रशोचण गर्न लागेको हो । 
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरी बैंकिङ प्रणालीबाट रकम खिच्न लागेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । दिउँसो ३ बजे बोलकबोल मार्फत रकम प्रशोचण गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यसको सावाँ तथा ब्याज भूक्तानी ३१ दिने पछी अर्थात असोज १ गते गरिने राष्ट्र बैंकको भनाई रहेको छ ।

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ