दोलखाः असार २१ गते राति रोलवालिङ खोलामा आएको बाढि तथा पहिरोका कारण बेदीङ र नाँ गाउँमा अलपत्र परेकाहरुको उद्दार गरिएको छ । मौसम अनुकुल भएपछि शनिवार नेपाली सेनाको हेलिकोप्टर मार्फत उनीहरुको उद्दार गरिएको हो ।
उद्दार गरिएकाहरुलाई सदरमुकाम चरिकोट ल्याइएको छ । यस्तै बाढी पहिरो प्रभावित क्षेत्रका वासिन्दाकालागि खाद्यान्न लगायतको वस्तुहरु पनि सोही हेलीकोप्टर मार्फत पठाइएकोे जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकोछ । हेलिकोप्टरबाट नौ जनाको उद्दार गरिएको कार्यालयको भनाई रहेको छ ।
असार २१ गते आएको पहिरो सहितको बाढिले डोगाङका होटलहरु बगाएको थियो । सोही बाढीमा परी डोगाङकी होटल ब्यावसायी जाङ्मु शेर्पा बेपत्ता हुनु भएकोमा अझै उहाँको अवस्था अज्ञात छ । बाढीका कारण स्थानीय खोलामा हालिएका पुल पुलेसा बगाउँदा स्थानीयहरुको अन्यक्षेत्रसँग सम्पर्क विच्छेद भएको अवस्था रहेको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमगेली शेर्पाले बताउनु भयो ।
तस्विरः अविरल बस्नेत
साझा अर्थ संवाददाता