पात्रो

रेडियो

समाचार खोजी

मानव–वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण

साझा अर्थ संवाददाता ३० साउन २०८२, शुक्रवार

 दमौली (तनहुँ), ३० साउन : वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि डिभिजन वन कार्यालयले वन्यजन्तुका लागि पोखरी निर्माण गरेको छ ।    
    
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत उक्त कार्यालयले जिल्लाका आठ वटा सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।    
    
वन अधिकृत काशीराज पण्डितका अनुसार गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वन, देवघाट गाउँपालिका–४ को आमडाँडा मोहोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिका–३ को जनशक्ति सामुदायिक वन, सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको बराहसेनी सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका–२ स्थित तारा सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ को सिद्धथान सामुदायिक वन, भिमाद नगरपालिका–४ मा अवस्थित मसुरेगैरा सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो ।    
    
पोखरी निर्माणका लागि प्रतिसामुदायिक वन रु एक लाख प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । एक लाखको लागतमा भानु नगरपालिका–९ स्थित वागीश्वरी सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण गरिएको छ ।   

199 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ