काठमाडौंः विहिवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सयले बढेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले बृद्धी भएको महासंघको भनाई रहेको छ । आज नेपाली बजारमा असली चाँदी प्रतितोला २ हजार ३ सय ४० रुपैयाँमा कारोवार भैइरहेको महासंघको भनाई रहेको छ । बुधवार चाँदी २ हजार ३ सय २५ रुपैयाँमा कारोवार भएको थियो ।