पात्रो

रेडियो

समाचार खोजी

सन् २०२५ मा १.५ मिलियन अफगानी निर्वासित हुने आइ ओ एमको चेतावनी

साझा अर्थ संवाददाता २४ साउन २०८२, शनिवार

काबुल(अफगानिस्तान), २४ साउन (रासस/एएनआई) ;   आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइ ओ एम) ले अफगानिस्तानले हाल जबरजस्ती निर्वासनको सामना गरिरहेको उल्लेख गर्दै यस वर्ष मात्र १.५ मिलियन आप्रवासी निर्वासित भई छिमेकी देशबाट स्वदेश फर्किने चतावनी दिएको छ ।    
    
सङ्गठनका अनुसार अन्तर्राष्ट्रिय समर्थन बिना नै अफगान आप्रवासीहरूलाई निर्वासित गर्ने पाकिस्तानी निर्णयले अफगानीस्तानलाई तत्काल गम्भीर सङ्कट तिर धकेलिरहेको छ ।    
    
संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि उप प्रवक्ता फरहान हकले अफगानीहरुले हाल जबरजस्ती निर्वासनको सामना गरिरहेको बताउदै तत्काल अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्नु भएको छ ।    
    
 यसै गरी सन् २०२३ सेप्टेम्बर देखि हाल सम्म ४० लाख भन्दा बढी अफगानहरू इरान र पाकिस्तानबाट फर्केको उल्लेख गर्दै २०२५ मा मात्र १.५ मिलियन भन्दा बढी फर्किने टोलो न्यूजले जनाएको छ ।    
    
“युएन वुमन” ले प्रतिवेदन जारी गर्दै निर्वासित आप्रवासीहरूको लगभग आधा हिस्सा महिला तथा वालवालीका भएको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार अफगानिस्तान फर्केपछि उनीहरुले गरिबी, हिंसा र प्रतिबन्ध लगायतका खतराहरूको सामना गरिरहेका छन् ।    
    
इरान र पाकिस्तानबाट चलिरहेको जबरजस्ती निर्वासनको बीचमा सामूहिक निर्वासनको सम्भावित नतिजाको बारेमा चेतावनी आएको हो ।    

तस्विरः यूएनएचसिआर बाट 

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्