पात्रो

रेडियो

समाचार खोजी

बैंकहरुबाट ४० अर्ब प्रशोचण गर्दै नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता २१ साउन २०८२, बुधवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज ४० अर्ब प्रशोचण गर्दै छ । तरलतामा बृद्धी भएपछि तरलता ब्यवस्थापनकालागि राष्ट्रबैंकले सो रकम प्रशोचण गर्न लागेको हो ।
निक्षेप संकलन उपकरण मार्फत  बोलबोबलबाट सो रकम बैंंङ्किङ प्रणालीबाट झिक्न लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बोल कबोल कालागि ३ बजे सम्मको समय निर्धारण गरिएको छ । सो रकम ३५ दिनकालागि झिक्न लागिएको हो । 
३ बजेसम्म अनलाइन मार्फत बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंक ले सूचना मार्फत जानकारी दिएको छ ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । 

202 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ