काठमाडौंः बागमती प्रदेशको मूख्य मन्त्रीमा ईन्द्रबहादुर बानिया नियुक्त हवुनु भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता बानियाँलाई मंगलवार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
११० सदस्य रहेको बागमती प्रदेश सभामा नेपाली काँग्रेस र एमालेका गरी ६४ जना सांसदको समर्थनमा प्रमुख देवकोटाले उहाँलाई मुख्य मन्त्रीमा नियुक्त गर्नु भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । बानियाँ प्रदेशको छैटौं मुख्यमन्त्री बन्नु भएको छ ।
कुनै पनि दलले बहुमत नपाएका कारण नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभाको सदस्यलाइ प्रदेश मुख्य मन्त्रीमा नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।