पात्रो

रेडियो

समाचार खोजी

नेप्से र लगानीकर्ता संघबीच महत्वपूर्ण छलफल, बजार सुधारमा सहकार्यको प्रतिबद्धता

साझा अर्थ संवाददाता १३ साउन २०८२, मङ्गलवार
समाचार सारांश

सेयर बजारमा देखिएको प्राविधिक गडबडी र लगानीकर्ताको चासोबारे छलफल भएको छ । संघले साउन १२ गतेको १५ मिनेटको औसत मूल्यसम्बन्धी समस्या उठाउँदै सुधारका लागि ध्यानाकर्षण पत्र बुझाएको हो । नेप्सेले समस्यालाई गम्भीरतापूर्वक लिएर सुधारको प्रतिबद्धता जनाएको छ ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ । नेपाल सेयर बजार लगानीकर्ता संघ र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बीच सेयर बजारमा देखिएको प्राविधिक गडबडी र लगानीकर्ताको चासोबारे छलफल भएको छ ।
संघले साउन १२ गतेको १५ मिनेटको औसत मूल्यसम्बन्धी समस्या उठाउँदै सुधारका लागि ध्यानाकर्षण पत्र बुझाएको हो । नेप्सेले समस्यालाई गम्भीरतापूर्वक लिएर सुधारको प्रतिबद्धता जनाएको छ ।
संघका पदाधिकारीहरूले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुढामणी चापगाँई र प्रवक्ता मुराहरी पराजुलीसँग भेट गर्दै साउन १२ गतेको १५ मिनेटको औसत मूल्यमा देखिएको गडबडीबारे विशेष ध्यानाकर्षण गराएका थिए । सो घटनाले सेयर बजारमा पारदर्शिता र लगानीकर्ताको विश्वासमा गम्भीर असर पारेको भन्दै संघले तत्काल सुधारका उपायहरू अपनाउन आग्रह गरेको थियो ।
संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठले नेप्से प्रमुखलाई औपचारिक ध्यानाकर्षण पत्रसमेत बुझाउँदै बजारको प्रविधिगत सुदृढीकरण र लगानीकर्ता हितको संरक्षणमा ठोस कदम चाल्न आग्रह गर्नुभएको थियो । उहाँले बजारमा देखिएको प्राविधिक कमजोरीको समाधानका लागि दीर्घकालीन नीति तथा पूर्वाधार सुधार आवश्यक भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया स्वरूप, नेप्से प्रमुख कार्यकारी अधिकृत चापगाँईले विषयप्रति संस्थागत रूपमा गम्भीरता देखाइएको र भविष्यमा यस्ता समस्या नदोहोरिउन् भन्ने प्रतिबद्धतासहित आवश्यक सुधारहरू लागू गरिने जानकारी दिनुभयो ।
यो छलफलले नियामक निकाय र लगानीकर्ताबीचको आपसी समन्वयलाई अझ मजबुत बनाउने र नेपालकै पूँजी बजारको पारदर्शिता, विश्वसनीयता तथा प्राविधिक सुदृढीकरणतर्फ महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
छलफलमा नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष भगवान राउत, महासचिव कँडेल, कोषाध्यक्ष बस्नेत र सदस्य सुदर्शन गौतमको सहभागिता रहेको थियो ।

289 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ