पात्रो

रेडियो

समाचार खोजी

सिंगटी हाईड्रोले प्रबर्दन गरेको ह्याविट्याट पावरले आईपीओ जारी गर्ने

११,००,००० कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने तयारी

साझा अर्थ संवाददाता १८ भदौ २०८१, मङ्गलवार

सिंगटी हाईड्रो इनर्जी लि. प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । सेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी रु. ५५ करोडको २० प्रतिशत अर्थात रु.१००/- अंकित दरको ११,००,००० कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने तयारी गरेको छ। 

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५,५०,००० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि र बाँकी १० प्रतिशत अर्थात ५,५०,००० कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ ।'

 सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

ह्याविट्याट पावर कम्पनीले निर्माण गर्दै गरेको, पाँचथर जिल्लामा अवस्थित, ९.९ मे.वा. क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र यहि आ.व. को चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ, तथा आयोजना सम्पन्न गरिसक्दा प्रति मे.वा. लागत रु १९ करोड मात्र रहेको छ ।

301 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु