काठमाडौंः तारा एयरले पोखरा-जोमसोम मा भोलि मङ्गलबारदेखि पुनःउडान सुरु गर्ने भएको छ । प्रतिकूल मौसमका कारण बन्द भएको उडान गर्न लागिएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
पर्यटकीय ‘सिजन’ सुरु हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले बताउनुभयो । उहाँका अनुसार जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि विसान गर्नेछ । कम्पनीका अनुसार हालका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्नेगरी तालिका मिलाइएको छ ।
यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप-लुक्ला- रामेछापका लागि असोज ४ अर्थात् सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।
साझा अर्थ संवाददाता