पात्रो

रेडियो

समाचार खोजी

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

साझा अर्थ संवाददाता २८ जेठ २०८२, बुधवार

रसुवा, २८ जेठः दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५००  नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् । 
      
रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ । 

चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ । 

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्