काठमाडौंः दश महिनाको अवधिमा साँढे १३ खर्ब भन्दा बढी रेमिटेन्स भित्रिएको छ । । नेपाल राष्ट्रबैंकद्वरा मंगलवार सर्वाजनिक चालु आर्थिक वर्षको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार साउन देखि बैशाख मसान्त सम्ममा सो रेमिटेन्स भित्रीएको हो ।
सो अवधिमा कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स भित्रिएको प्रतिवेदनमा उल्लेख छ । यो गएको वर्षको यही अवधिको तुलनामा १६.९ प्रतिशतले बढी हो । यस्तै, एक महिनाको अवधिमा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको प्रतिवेदनमा जनाइएको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ । यस्तै विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब पुगेको छ । यसैगरी चालू आर्थिक वर्षको दश महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले बढेर दुई खर्ब १७ अर्ब ९१ करोड पुगेको छ भने वस्तु आयात १३.१ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १९ करोड पुगेको नेपाल राष्ट्रबैंकले जनाएको छ । कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको छ ।
साझा अर्थ संवाददाता