पात्रो

रेडियो

समाचार खोजी

प्रभु क्यापिटल लिमिटेडको "प्रभु सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किम" आजदेखि सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा

साझा अर्थ संवाददाता २३ जेठ २०८२, शुक्रवार

काठमाडौं, जेठ २३ – प्रभु क्यापिटल लिमिटेडले सञ्चालन गर्न लागेको खुला क्लोज–एन्डेड म्युचुअल फन्ड योजना “प्रभु सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किम” को इकाई आजदेखि अर्थात् २०८२ साल जेठ २३ गतेबाट सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

सुरुवाती बन्द मिति जेठ २७ गते तोकिएको भए पनि सो अवधिमा पूर्ण सदस्यता प्राप्त नभएमा निष्कासन अवधि असार ६ गतेसम्म लम्बिन सक्ने कम्पनीले जानकारी दिएको छ।

यो योजनाअन्तर्गत जम्मा ४ करोड इकाइ शेयर निष्कासन गरिनेछ। तीमध्ये ७.५ प्रतिशत अर्थात् ३० लाख इकाइ (रु ३ करोड बराबर) योजना व्यवस्थापक प्रभु बैंक लिमिटेड लाई र ७.५ प्रतिशत अर्थात् ३० लाख इकाइ (रु ३ करोड बराबर) कोष प्रायोजक प्रभु क्यापिटल लिमिटेड लाई सुरक्षित गरिएको छ। बाँकी २ करोड ५० लाख इकाइ शेयर (रु २५ करोड बराबर) सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूका लागि खुला गरिएको छ।

क्लोज–एन्डेड यस फन्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ३१ लाख १ हजार इकाइसम्म आवेदन दिन सक्नेछन्। “प्रभु सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किम” नेपालमा बढ्दो म्युचुअल फन्ड संस्कृतिमा थप विश्वास जागृत गराउने उद्देश्यसहित ल्याइएको योजना हो। लगानीकर्ताहरूले यो योजनाबाट नियमित आम्दानी र दीर्घकालीन पूँजी वृद्धिको अवसर पाउने विश्वास प्रभु क्यापिटलले लिएको छ।

अधिक जानकारीका लागि लगानीकर्ताहरू निकटतम आस्वा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट वा प्रभु क्यापिटल लिमिटेडको आधिकारिक वेबसाइटमार्फत जानकारी प्राप्त गर्न सक्नेछन्।

304 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता