पात्रो

रेडियो

समाचार खोजी

खेलाडीहरुलाई ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं जोरपाटी इकाईको सम्मान

साझा अर्थ संवाददाता १२ जेठ २०८२, सोमवार

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वी क्षेत्र अन्तरगत रहेको जोरपाटी इकाईले गत वैशाख २९ र ३० गते पुर्वी क्षेत्रको आयोजनामा भएको मैत्रीपूर्ण ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई सोमबार सम्मान गरेको छ ।
ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं जोरपाटी इकाइका अध्यक्ष गणेश बहादुर श्रेष्ठको सभापतित्वमा भएको सम्मान कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष ठुलोबाबु श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, उपाध्यक्षहरु रुपेन्द्र बानिया, ईश्वर खड्का, विष्णुमाया उचही, सचिव मोहन कुमार श्रेष्ठ, कोषाध्यक्ष मोहन श्रेष्ठ तथा सदस्य राजेश श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।
त्यस्तै काठमाडौं जिल्लाका वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ, उपाध्यक्ष रोहित श्रेष्ठ, महिला उपाध्यक्ष पुर्णमाया सारु, महासचिव पशुपति श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो भने पुर्वी क्षेत्रका अध्यक्ष विष्णुकुमार श्रेष्ठ पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा काठमाडौं जिल्ला मातहतमा रहेका १४ वटै इकाईबाट अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
जोरपाटी इकाईका सचिव निरज थामीले सञ्चालन गर्नु भएको कार्यक्रममा इकाईका उपाध्यक्ष सनिप श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा इकाईको तर्फबाट राजकुमार खड्का तथा कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो भने पुर्वी क्षेत्रको सचिव दिलराम श्रेष्ठ र पश्चिम क्षेत्रको अध्यक्ष सैलेश ठकुरीले आफ्नो धारणा सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।
काठमाडौं जिल्लाका वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ, महासंघकी महिला उपाध्यक्ष विष्णुमाया उचही, महासंघकै उपाध्यक्ष इश्वर खड्काले विजयी खेलाडी र टिमलाई वधाई दिदै शुभकामना मनतव्य राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठले खेलाडीहरुलाई सम्मान गर्दै यो व्यवसाय भित्र देखिएका समस्या र समाधानको बारेमा चर्चा गर्दै व्यवसायीहरुलाई अफ्ठ्यारो भएको अवस्थामा आफु जुन सुकै मूल्य चुकाउन तयार हुने बताउनुभयो ।

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ