आज शुक्रबार सुनको भाउ प्रति तोला एक हजार एक सय रुपैयाँ घटेको छ । बिहिबार प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख ९० हजार ४ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६३ हजार २ सय ३५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला २ हजार ५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय १९ रुपैयाँ तोकिएको छ ।
साझा अर्थ संवाददाता