पात्रो

रेडियो

समाचार खोजी

नौ महिनामा १७१ खर्ब ८६ अर्ब १५ करोड रुपियाँ तरलता प्रशोचन

साझा अर्थ संवाददाता ६ जेठ २०८२, मङ्गलवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा १७१ खर्ब ८६ अर्ब १५ करोड रुपियाँ तरलता प्रशोचन गरिएको छ ।
समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत २२ खर्ब १२ अर्ब पाँच करोड र स्थायी निक्षेप सुविधामार्फत १४९ खर्ब ७४ अर्ब १० करोड गरी कुल १७१ खर्ब ८६ अर्ब १५ करोड कारोबारमा आधारित तरलता प्रशोचन गरिएको हो । यस्तै दुई अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद सात खर्ब ६६ अर्ब १९ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरु) बाट अमेरिकी डलर तीन अर्ब ६३ करोड खुद खरिद गरी चार खर्ब ८४ अर्ब ७१ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर चार अर्ब २६ करोड खुद खरिद गरी पाँच खर्ब ६६ अर्ब ५५ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर दुई अर्ब ८४ करोड बिक्री गरी तीन खर्ब ८६ अर्ब ८१ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुई अर्ब ७६ करोड बिक्री गरी तीन खर्ब ६६ अर्ब ९९ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।

181 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता