नेपाल ल्यूब आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको यसैअवधिको तुलनामा १०१.२४ प्रतिशत धेरै हो। गत वर्ष यस कम्पनीले १ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो।
चैतसम्म आइपुग्दा यस कम्पनीको आम्दानी ८२ करोड २७ लाखबाट बढेर ८९ करोड ५३ लाख पुगेको छ ।बिक्री लागत ७१ करोड २१ रुपैयाँ छ ।यसको सञ्चालन नाफा ३ करोड ९७ लाख रुपैयाँबाट बढेर ४ करोड ८१ लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा कम्पनीको वित्तीय खर्च २ करोड ६३ लाखबाट घटेर २ करोड ११ लाख कायम भएको छ । आम्दानीमा बढ्दा र खर्च कम हुँदा नाफामा सुधार देखिएको हो।
हाल यस कम्पनीको चुक्ता पुँजी ७ करोड २८ लाख ६२ हजार रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङमा २७ करोड ८२ लाख देखिएको छ। यसको प्रतिशेयर आम्दानी ३५.४१ पैसाबाट बढेर ६०.२९ रुपैयाँ छ।
कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति मागेको हो।
237
Shares