पात्रो

रेडियो

समाचार खोजी

एसपिजी अटोमोबाइल्स ‘ग्लोबल डिलर कन्फरेन्स २०२५’मा ‘इभी पायोनियर अवार्ड’द्वारा सम्मानित

साझा अर्थ संवाददाता १८ वैशाख २०८२, बिहिवार

 

चेरि ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स ‘चेरी इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’मा ‘इभी पायोनियर अवार्ड’द्वारा सम्मानित भएको छ । चीनको आन्हुई प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा आयोजित कार्यक्रममा चेरी होल्डिङ ग्रुप कम्पनीका उपाध्यक्ष सु हुईले एसपिजी अटोमोबाइल्सका निर्देशन गौरव शारडालाई सो अवार्ड हस्तान्तरण गरेका थिए ।

१२० भन्दा बढी देशका तीन हजारभन्दा बढी डिलरको सहभागिता रहेको अन्तर्राष्ट्रिय सम्मेलनले अटोमोबाइल क्षेत्रका उपलब्धि प्रदर्शन गर्ने तथा विभिन्न रणनीतिक विचार अन्तर्राष्ट्रिय साझेदारसँग आदानप्रदान गर्ने अवसर प्रदान गर्‍यो । सम्मेलनमा वुहु नगरपालिका सरकारका वरिष्ठ अधिकारीहरू, चेरी इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत यिन तोङयुए, र चेरी इन्टरनेसनलका महाप्रबन्धक झाङ गुइबिङआदिको विशिष्ट उपस्थिति रहेको थियो । 

एसपिजी अटोमोबाइल्सलाई नेपालमा ओमोडा एन्ड जेइकोको विद्युतीय सवारीसाधनको उपस्थितिलाई सफलतापूर्वक स्थापित गर्नमा उल्लेखनीय बजार पर्फर्मेन्सका लागि यो ‘इभी पायोनियर अवार्ड’ प्रदान गरिएको हो ।

ओमोडा एन्ड जेइकोले सन् २०२४ मा नेपालमा ‘ओमोडा ई–फाइभ’ इभी सार्वजनिक गर्दै आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो । ‘एसपिजी अटोमोबाइल्सले पहिलो वर्षमै नेपालमा ८०० भन्दा बढी ओमोडा र जेइकोका गाडी सफलतापूर्वक बिक्री गरी उल्लेखनीय उपलसब्धि हासिल गरेको छ ।

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्