पात्रो

रेडियो

समाचार खोजी

बङ्गलादेशमा बाढीका कारण १३ जनाको मृत्यु :४५ लाख प्रभावित

साझा अर्थ संवाददाता ७ भदौ २०८१, शुक्रवार

(रासस/एएफपी) :बङ्गलादेशमा भारी वर्षापछि आएको बाढीका  कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ४५ लाख मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयले शुक्रबार जनाएको छ ।

‘ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स’का अनुसार बङ्गलादेश प्रकोप र जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका देशमध्ये एक हो । करीब एक करोड ७० लाख जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशका सयौं नदीहरूमा पछिल्लो समयमा बारम्बार बाढी आएको छ ।

विपद् मन्त्रालयको शुक्रबारको बुलेटिनमा प्रभावित तथा मृतकको पुष्टि गरेको हो ।  

बुलेटिनअनुसार लगभग एक लाख ९० हजार प्रभावितहरूलाई आपतकालीन राहत शिविरमा राखिएको छ ।  

बङ्गलादेशका ६४ जिल्लामध्ये ११ जिल्ला बाढीबाट प्रभावित भएको विपद् मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको बुलेटिनमा उल्लेख भएअनुसार चितागङको मुख्य बन्दरगाह सहरबाट करिब एक सय  किलोमिटर  उत्तरपश्चिममा रहेको फेनी बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

बाढीले विनाशकारी अवस्था निम्त्याएको बताउँदै उद्धारकर्मी जाहिद हुसेन भुयाले फेनीमा मानिसहरूलाई बचाउन अथक प्रयास गरिरहेको बताउनुभएको छ । 

258 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ