काठमाडौं । वाइवाइ चाउचाउले थोक विक्रेताहरुलाई लक्षित गर्दै संचालन गरेको ‘थोक विक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका संचालक रामेश्वर तिवारीले नेटा भी कार जितेका छन् ।
तिवारीलाई वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले ललितपुरमा आयोजित विशेष कार्यक्रममा कार हस्तान्तरण गरे ।
यो योजनाअन्तर्गत काठमाडौंको केएबि स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन् । त्यस्तै, उपत्यकाका ५ थोक विक्रेताले ५५ इन्चको एलजी टिभी, १० थोक विक्रेताले एलजीको फ्रिज, ५० जनाले साश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन् ।
कार्यक्रममा वाइवाइका सीईओ पुडासैनीले वाइवाइको सफलताको श्रेय नेपाली उपभोक्ताको वाइवाइ प्रतिको माया र वितरण सञ्जालमा संलग्न सबै साझेदारलाई जाने बताए । ‘हामी वाइ वाइमा ग्राहक, थोक विक्रेता र खुद्रा विक्रेताप्रति प्रतिबद्ध छौं। गुणस्तरीय उत्पादनमा निरन्तर ध्यान दिने र उपभोक्ताको आकांक्षा सम्बोधन गर्ने हाम्रो लक्ष्य हो’ उनले भने ।
साझा अर्थ संवाददाता